काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शिक्षकहरु विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन् ।
शिक्षकहरुले उठाएका मागहरु संवेदनशील रहेको भन्दै त्यसबारे सरकारलाई जिम्मेवार बन्न र तुरुन्त समस्या समाधान गर्न उनले ध्यानाकर्षण गराएका छन् ।
शिक्षकहरुको जारी आन्दोलनका सन्दर्भमा आफ्नो धारणा राख्दै कोइरालाले दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्ने बताएका छन् ।
‘शिक्षकहरुका मागहरु केही व्यवहारिक, कानुनी र संवैधानिक छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ । व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरु तुरुन्त सम्बोधन गरौं,’ कोइरालाले लेखेका छन्, ‘कानुनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मूल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौं र यो आन्दोलन आजै सहमतिमा टुंग्याऔं ।’
Discussion about this post