काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने दलको नाताले कांग्रेसले देश संकटमा छ भन्न नसुहाउने टिप्पणी गरेका छन् ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेतृत्व गर्ने अनि देश संकटमा छ भन्ने भन्ने प्रश्न गर्दै देश संकटमा नभई कांग्रेसको जिम्मामा भएको बताए ।
उनले भने ‘देश संकटमुक्त कहिले हुन्छ ? हाम्रो नेतृत्वमा संविधान बनायौं, हामी सबैभन्दा ठूलो दल भएका छौँ, ३३२ पालिका, सात प्रदेशमा हामी, मुख्यमन्त्री हाम्रो, प्रधानमन्त्री हाम्रो सबै हाम्रो हातमा हुने अनि हामीले देश संकटमा छ भन्ने देश संकटमा छैन्, हाम्रो जिम्मामा छ ।’
त्यस्तै उनले संघीयताको संरक्षणका लागि पार्टीले भूमिका खेल्नु पर्ने बताएका छन् । कांग्रेसले नै संघीयता संरक्षणको नेतृत्व गर्नु पर्ने उनको भनाई छ ।
Discussion about this post