काठमाडौँ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् ।
काठमाडौंस्थित माइतीघर मण्डलमा ‘कुटाइ खाने कहिलेसम्म’‚ ‘डाक्टर कुट्न पाइँदैन’‚ ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् ।
लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।
बिरामीका आफन्त नाराबाजीमा उत्रिँदा केहीबेर अस्पताल तनावग्रस्त भएको थियो । प्
रहरीले कुटपिट गर्नेको पहिचान नभइसकेको बताए पनि कुटपिटको आरोपमा पोखरा–५ का विनय गुरुङलाई नियन्त्रणमा लिएको छ ।
Discussion about this post