इलाम । राजनैतिक दललाई घच्घच्याउन सकेमात्र सुशासन संस्थागत गर्न सकिने इलाममा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भएको मानव अधिकारको अवस्थाको छलफल कार्यक्रमका वक्ताहरुले सुसासन संस्थागत गर्न अधिकारीकर्मीले राजनैतिक दलको भन्दा पनि पीडितको पक्षमा उभिनु पर्ने उनीहरुको भनाई छ ।
अधिकारकर्मी एकजुट भएर यसका लागि दवाद दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
जिल्ला बार एशोसिएसन अध्यक्ष तथा अधिवक्ता तारानाथ पराजुलीले सबै पेशाकर्मीले राजनैतिक दलका कुरा भन्दा पनि पीडितका पीडा बुझेर अघि बढुनुपर्नेमा जोड दिए । सुशासन कार्यान्वयनका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नु पर्ने उनको भनाइ छ ।
कतिपय घटना राजनैतिक दलसँग समेत जोडिने हुनाले पनि ती पार्टीले घटना ढाकछोप गर्न लाग्ने सहभागीको भनाई छ । निष्पक्ष रूपमा काम हुन नसक्दा पीडित अझ पीडित हने र पीडकलाई मलजल पुग्ने सहभागीको भनाई छ ।
सुशासनका पक्षमा कुरा गर्नेहरुले नै कति घटना लुकाउने प्रयास गरिरहेको पत्रकार महासंघ इलामका अध्यक्ष विप्लब भट्टराईको भनाई छ । उनले उनले मानव अधिकारका पक्षमा खबरदारीका लागि पनि अधिकारकर्मी एकजुट हुने भनाई राखे ।
मानव अधिकार मञ्चका याम माबोहाङले जिल्लामा मासिक रुपमा घटेका घटनाको विषयमा एक तथ्यांक प्रस्तुत गरेका थिए ।
सार्वजनिक रुपमा उठेका सवालहरूमा आगामी दिनमा अगाडि बढ्न पुग्ने हिसावले छलफल गर्ने गरिएको मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले बताए । उनले समस्या समाधानमा अधिकारकर्मी एक हुन छलफलले मद्दधत पुग्ने विश्वास व्यक्त गरे ।
Discussion about this post