विराटनगर । अरिङालले चिलेर खोटाङमा बालिकाको मृत्यु भएको छ ।
केपिलासगढी गाउँपालिका-२ खार्तम्छाकी ३ वर्षीया प्रतिमा राईको मंगलबार मृत्यु भएको हो ।
बिहान विद्यालय जाँदै गरेका दिदीहरुसँग रहेकी उनलाई अरिङालले चिलेको थियो ।
उनलाई उपचारार्थ दिक्तेल अस्पताल लगिएको थियो ।
उपचारका क्रममा दिउँसो साढे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टिकाराम बरालले बताए ।
Discussion about this post