विराटनगर । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक स्थापना गरिएको छ ।
शालिकको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गरिन् ।
राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसंगतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको कार्यबाहक मेयर कार्कीले बताइन् ।
उनले योगमाया नारी जागरणको अभियन्तामात्रै नभएर आदर्शसमेत भएको उल्लेख गरिन् । कार्यबाहक मेयर कार्कीले योगमाया परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको बताइन् ।
वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमायासहित ६८ जना महिलाले अरुण नदीमा जलसमाधी लिएका थिए ।
Discussion about this post