काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चिकित्साकर्मीहरुमाथिको आक्रमण आपत्तिजनक भएको बताएका छन् ।
आन्दोलनरत् चिकित्सकहरुको माग जायज रहेको भन्दै अपराधी जोसुकै भए पनि कारबाही हुनु पर्ने बताए ।
‘अस्पतालमा पटक पटक डाक्टर र चिकित्साकर्मीमाथि आक्रमण हुनु आपत्तिजनक विषय हो, उनी भन्छन्, ‘यसको घोर निन्दा गर्दछु। आन्दोलनरत् चिकित्सकहरुको माग जायज हो। अपराधी जो सुकै भए पनि कारबाही हुनु पर्दछ।’
असान्दर्भिक र अनुपयुक्त तर्क सारेर कसैले अलमल्याउन खोज्नु अनुचित हुने उनको भनाइ छ ।
‘असान्दर्भिक र अनुपयुक्त तर्क सारेर कसैले अलमल्याउन खोज्नु अनुचित हुनेछ। सरकारको ध्यान जाओस्,’ नेता निधिले भने ।
Discussion about this post