विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन आज विराटनगरमा सुरु हुँदैछ । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
अधिवेशनका लागि १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ ।
९९७ जना प्रतिनिधि चयन भइसकेका छन् । अब त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी रहे पनि विवादका कारण चयन हुन सकेको छैन।
अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकाल मुख्य प्रतिस्पर्धीका रुपमा चर्चामा छन् । हालका अध्यक्ष तुलसी न्यौपानेको पनि आकांक्षीका रुपमा चर्चा छ ।
अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्दैछन्। अधिवेशनको सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको एमालेले जनाएको छ ।
Discussion about this post