काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा सरकारी वकिल तर्फबाट बहस सकिएको छ ।
बुधवारबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अधिकारीहरूले बहस थालेका हुन् ।
सुन प्रकरणमा सरकारको तर्फबाट जिल्ला महान्यायाधिवक्ता जनकप्रसाद घिमिरे, सहायक जिल्ला महान्यायाधिवक्ता चन्द्रप्रसाद सन्जेल, युवराज पौडेल, निर्मला मरासिनी र सुरबहादुर परियारले बहस गरेका छन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा बुधवारबाट थुनछेक बहस सुरु भएको हो ।
सुन प्रकरणमा अहिले २६ जना थुनामा छन् । आजबाट प्रतिवादी तर्फका कानुन व्यवसायीले थुनछेक बहस गर्दै छन् ।
Discussion about this post