Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

ब्राजिलियन फुटबल स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा साओ पाउलोमा पेलेको निधन भएको उनका म्यानेजरले पुष्टि गरेका छन् । पेलेको
यसअघि पेलेकाे अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए । इतिहासमा पेले मात्रै यस्तो खेलाडी हुन् ,जस्ले ३ पटक विश्वकपको उपाधि चुमेका थिए ।
ब्राजिलको मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो । उनको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलले पाँच पटक विश्व कप जितेको छ । पाँचमध्ये तीन उपाधि जिताउने नायकका रूपमा पेलेलाई चिनिन्छ ।
पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् । २१ वर्षकाे लामाे फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गाेल गरेकाे विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीकाे पदक दिइएकाे थियाे ।
Discussion about this post