इटहरीमा नेपाल शैक्षिक परामर्श संघ इ क्यान पूर्वान्चलको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार (आज)इटहरीमा इ-क्यानको छैठौं साधारणसभा इटहरीमा सम्पन्न भएको हो ।
इ-क्यान पूर्वान्चलका अध्यक्ष प्रकाश लकान्द्रीको अध्यक्षतामा भएको कार्यक्रममा इ-क्यानका केन्द्रीय अध्यक्ष देवीदास भट्टराई प्रमुख अतिथि थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ प्रदेश १ का उपाध्यक्ष भीमबहादुर पौडेलले शिक्षा क्षेत्र महत्त्वपूर्ण भएकाले आजको आवश्यकता रहेको बताए ।
‘शिक्षा नहुँदा समाज रूपान्तरणमा असहज हुन्छ’, उनले भने, बिनाशिक्षा बिदेशिएका र शिक्षा लिएर बिदेशिनुमा भिन्न हुन्छ ।
शैक्षिक परामर्शदाता संघ संस्थाले देश विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउने उनको तर्क छ ।
यस्तै, हिसान प्रदेश १ का वरिष्ठ उपाध्यक्ष गणेश दुलालले शैक्षिक हब बनाउन इ-क्यानको भूमिका महत्त्वपूर्ण हुने बताए ।
शैक्षिक जनशक्ति विदेशिन बाध्य भएको अवस्थामा राज्यको पनि दायित्व छ, उनले भने, ‘कतिपय विद्यार्थी गलत परामर्शका कारण पनि तनावग्रस्त बन्नुपरेको छ, यसमा कन्सल्टेन्सीले स्कलरसिपमा पनि पठाउनका लागि सकारात्मक हुनुपर्छ ।’
यस्तै, हिसान सुनसरी अध्यक्ष सागर भट्टराईले शारीरिक, मानसिक र भाषिक ढंगले परामर्श दिइरहने इक्यानले सकारात्मक भूमिका खेलेको बताए । उनले भने, ‘शिक्षा क्षेत्रमा गम्भीर हुनका लागि इक्यानले भूमिका खेल्नुपर्छ, देशबाट विदेश पठाउने नभई विदेशबाट नेपाल विद्यार्थी ल्याउनका लागि इक्यानको भूमिका रहोस् ।’
उनले अध्ययन गर्न मात्रै नभई, श्रमका लागि जाने विद्यार्थी धेरै रहेकाले इक्यानको भूमिका सकारात्मक हुनुपर्ने बताए ।
कार्यक्रममा क्यान प्रदेश १ का निवर्तमान अध्यक्ष भवकृष्ण तिम्सिना, इक्यान प्रदेश १ का सल्लाहकार कमल प्रसाद तिम्सिना लगायतले बोकेका थिए ।
यस्तै कार्यक्रममा चारजना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, बार्दली क्रियशनका वसन्त घिमिरे, अष्ट्रेलियन इन्स्योरेन्स सर्भिस (एलाइन्स) का विश्व बस्ताकोटी र इक्यानका केन्द्रीय सदस्य आग्यान उप्रेतीलाई सम्मान समेत गरिएको थियो ।
Discussion about this post