काठमाडौं । सगरमाथा लोकमार्ग (गाईघाट–दिक्तेल) सडक अन्तर्गत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक खण्डको कालोपत्रेको ठेक्का तोड्ने सडक आयोजनाको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले असोज १० गते खारेज गर्ने फैसला सुनाएको हो ।
देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले काम अलपत्र परेपछि गाईघाट–दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो ।
अर्को टेन्डर खुलाउाने बाटो खुलेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।
मुद्दा दायरपछि उच्च अदालतले अन्तिम फैसला नभएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्नु भनी २०७९ माघ ४ गते अन्तरिम आदेश दिएको थियो । अन्तिम फैसला भने आयोजनाले गरेको निर्णयको पक्षमा भएको छ ।
Discussion about this post