विराटनगर । मोरङको केराबारी गाउँपालिका १० बाट प्रहरीले लागू औषधसहित चारजनालाई पक्राउ गरेको छ ।
केराबारी गाउँपालिका १० सुनौलो चोकबाट प्रहरीले बिहीबार राति लागूऔषधसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय केराबारीको टोलीले स्थानीय २३ वर्षीय विजय मगरको घर अगाडि २६ वर्षीय असिम देवान, ३३ वर्षीय असिम मगर र २४ वर्षीय अबिसेक लिम्बुलाई पक्राउ गरेको हो ।
उनीहरु लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ पोका बनाएको प्लाष्टिक सहितको उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाबारीमा राखिएको छ ।
Discussion about this post