चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन(पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ ।
शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड (क्वाटरफाइनल) खेलमा आफ्नो समूहमा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
अन्य सामान्य गेमभन्दा फरक शैलीको यस खेलमा सेमिफाइनलमा दुई समूहमा चार चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले शुक्रबार ५४ मिनेट ०४.८४२ सेकेण्डको टाइमिङ निकाल्दै समूह सी मा दोस्रो भएको हो ।
यस समूहमा हङकङ शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ । प्यालेस्टाइन र साउदी अरेबिया भने यस समूहबाट बाहिरियो ।
Discussion about this post