इटहरी । चिकित्सक संघ इटहरीले चिकित्सकमाथि आक्रमणको विरोधमा आज इटहरीमा प्रदर्शन गरेको छ ।
इटहरी चोकमा भेला भएका स्वास्थ्यकर्मीहरुले सुरक्षाको प्रत्याभूति माग गरेका थिए ।
विभिन्न नाराहरु ल्गाउदै चिकित्सकमाथीको आक्रमण तत्काल बन्द गरिनु पर्ने माग उनीहरुले राखेका थिए ।
चिकित्सक संघ इटहरीका अध्यक्ष डा. कृष्ण नेपालले देशका विभिन्न स्थानमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहार र आक्रमणको विरोधमा प्रदर्शन गरिएको बताए ।
Discussion about this post