इनरुवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले मालपोत कार्यालय इनरुवाका दुईजना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटेको टोलीले सुनसरीस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा र अर्का एक कर्मचारीलाई घुससहित रँगेहात पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीको आधारमा टोलीले मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र रमेश अधिकारीलाई पक्राउ गरेको हो ।
मालपोत कार्यालयको रजिष्टरेश शाखा (ख) मा कार्यरत दुवै जनालाई इनरुवाका एक होटेलबाट पक्राउ गरेको हो ।
उनीहरुले कति घुस रकम लिए भन्नेबारे खुलाइएको छैन ।
Discussion about this post