झापा । बाह्रदशी गाउँपालिका अन्तरगत कञ्चनमार्ग ( चारपाने) राजगढ सडक खण्डमा रहेका वोट बिरुवा हटाइएको छ ।
गाउँपालिका प्रमुख देविन्द्रप्रसाद चम्लागाई समेतको उपस्थितिमा कञ्चनमार्ग सफाई गरिएको हो ।
सडकको दुवै तर्फ बोट विरुवा, रहरी , घाँसपात लगाएका कारण सडकमा दुर्घटना बढेको भन्दै गाउँपालिकाले यस अघि नै सडक खाली गर्न सूचना गरेको थियो । तर, पालिकावासीले गाउँपालिकाको सूचनालाई वेवास्ता गरेपछि गाउँपालिका आफैंले सडक खाली गराएको हो ।
बाह्रदशी गाउँपालिका वडा नम्वर ३ ले गत असोज २ गते नै सडकको दुवै तर्फ रहेका बोट विरुवा हटाउन सूचना जारी गरेको थियो । तर, केही स्थानमा स्थानीय वासीले अटेर गरी विरुवा नहटाएपछि वडा कार्यालयको अगुवाईमा इलाका प्रहरी कार्यालय राजगढलाई समेत सहयोग लिएर प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सडक खाली गराइएको वडा सचिव मिन वहादुर कार्कीले बताए ।
सडक खाली गराउन गाउँपालिका प्रमुख चम्लगाईसहित उपाध्यक्ष शान्ता शिवाकोटी खरेल, गाउँपालिका परिषद् सदस्य, वडा सदस्य, कर्मचारी सहभागी रहेको परिषद् सदस्य लक्ष्मी निरौलाले जानकारी दिइन् ।
Discussion about this post