काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किदैछन् ।
आज बिहान १० बजे आठ दिनको चीन भ्रमण सकेर उनीस्वदेश फर्कन लागेका हुन् ।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका गएका थिए ।
न्युयोर्कमा रहँदा उनले अमेरिकाका राष्ट्रपति जो बाइडेनलगायत अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते अमेरिकाबाट सिधै चीन पुगेका थिए । उनले चीनमा भएको दक्षिण एसियाली खेलकुद उद्घाटन समारोहमा समेत सहभागी भएक ाथिए ।
चीनमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेका छन् । सो क्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
Discussion about this post