काठमाडौँ । विद्यालय तहमा दिइने छात्रवृत्ति रकम दोब्बर बनाउन राष्ट्रिय दलित आयोगले सिफारिस गरेको छ ।
विद्यालय तहमा दलित समुदायका छात्रछात्रालाई दिने गरिएको छात्रवृत्ति रकम दोब्बर बनाउन आयोगले राष्ट्रपतिमार्फत् सरकारलाई सिफारिस गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले संविधानको व्यवस्थाबमोजिम दलित समुदायका छात्रछात्रालाई उच्च शिक्षासम्म तथा प्राविधिक र व्यवसायिक शिक्षामा समेत छात्रवृत्तिको व्यवस्था गर्न सिफारिस गरेको हो ।
त्यस्तै, कक्षा ११ र १२ मा पनि दलित समुदायका बालबालिकालाई निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गर्न आयोगको सिफारिस छ ।
आयोगका अध्यक्ष देवराज विश्वकर्माले विद्यालय तहमा सरकारले दिँदै आएको छात्रवृत्तिले विद्यार्थीलाई वर्षदिन पुग्ने कापीकलमसमेत खरिद गर्न नपुग्ने अवस्था रहेको पाइएपछि त्यसलाई दोब्बर गर्न सिफारिस गरिएको बताए ।
Discussion about this post