काठमाडौँ । आन्दोलनरत चिकित्सकहरूसँग सरकारले वार्ता गर्ने भएको छ ।
गृह मन्त्रालयमा शनिबार ४ बजेदेखि वार्ता सुरु हुने गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकार दिएको हो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका थिए ।
चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।
शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका छन् ।
Discussion about this post