विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा सामान किनेर नक्कली भारतीय नोट दिने पक्राउ परेका छन् ।
सनुसरीको हरिनगरा गाउँपालिका ६ का ३४ वर्षीय ईशान अन्सारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनले १ हजार ६ सय रुपैयाँ बराबरको सामान किनेर त्यसवापतको रकम कर्मचारीलाई दिएका थिए ।
सुपरमार्केटका कर्मचारीलाई शंका लागी नोट जाँच गर्दा नक्कली रहेको बुझेपटि वडा प्रहरी कार्यालयमा खबर गरिएको थियो ।
प्रहरी टोली गएर उनलाई पक्राउ गरेको हो । उनको साथमा रहेको भारतीय नक्कली नोट २ सयका २० वटा र ५ सयका ७ वटा फेला परेको थियो ।
उनले प्रयोग गरेको बा १६ च ७६१३ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post