काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गलत संस्कृतिको आधारमा गरिएको राजनीतिले भ्रष्टाचार मौलाएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ओखलढुङ्गा कला साहित्य समाजको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सही संस्कृति र असल आचरणको आधारमा राजनीति नगर्दा नेपाल चरम भ्रष्टाचारको दलदलमा डुबेको बताएका हुन् ।
उनले भने, ‘नेपाल अहिले चरम भ्रष्टाचारको दलदलमा डुबेको छ । त्यसको कारण सही संस्कृति र असल आचरणको आधारमा राजनीति गर्दै छैनौं । सबैलाई पैसा कमाउनु छ । सबैलाई घर र कार जोड्नु छ । त्यो गलत संस्कृतिको आधारमा गरिएको राजनीति हुनाले भ्रष्टाचार मौलाएको हो ।’
उनले कला, साहित्य, गीत, सङ्गीत बाजा गाजामात्र संस्कृति नभई संस्कृति चिन्तन प्रणाली भएको तर्क गरे । देश र जीवनलाई निर्देशन गर्ने ठूलो गुरुमन्त्र नै संस्कृति भएको उनको भनाई छ ।
Discussion about this post