काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली भई हाल कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो भोलि (सोमबार) पनि देशभर सामान्य बदली भई विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । महाशाखाकाअनुसार कोशी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
मंगलबार सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
राति पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै पानी पर्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
Discussion about this post