काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए ।
चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार संसदमा सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनका क्रममा प्रचण्डले आफ्नो चीन भ्रमण, सुन तस्करी जाँचबुझ आयोग गठन र समसामयीक विषयमा धारणा राख्नेछन् ।
Discussion about this post