झापा । मेचीनगरका वडाध्यक्षले विपन्न परिवारका लागि सुधारिएको चुलो बितरणलाई प्रथमिक्ता दिएका छन् । नेपालीको महान पर्व नजिकिएसँगै उपहार स्वरुप सुधारियोको चुलो बितरणलाई प्राथमिकता दिइएको हो ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जनकुमार कार्कीले सामाजिक सञ्जालमार्फत चुलो बितरण गरिने जानकारी दिए । सोही अनुरुप मेचीनगर–४ वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि वडाध्यक्ष कार्कीले वडावासीलाई ८८५ थान सुधारिएको चुलो वितरण गरे । दशैंको उपहार जस्तै गरि चाडवाडको मुखैमा चुलो पाएपछि वडावासी पनि खुसी भए । मेचीनगर–४ मा मात्रै होइन, मेचीनगरको मुटु इटाभट्टामा पनि यो अभियान चलाइएको छ ।
मेचीनगर–७ का वडाध्यक्ष प्रह्लाद ओली मंगलवारमात्र वडाकार्यलयमा एक कार्यक्रमको आयोजना गरि सुधारिएको चुलो वितरण गरिएको बताए । ७ नम्बर वडाका वडाध्यक्ष प्रल्हादमणि ओलीले ८०० चुलोमध्ये पहिलो चरणमा ५०४ वटा चुलो आएको बताए । निम्न वर्ग, लक्षीत समुदाय र चिया वगानका मजदुरहरूलाई चुलो वितरण गरिएको उनले बताए ।
मेचीनगर–४ र मेचीनगर–७ मा वितरण गरिएको सुधारिएको चुल्हो वातावरण संरक्षण केन्द्र (ईपीसी नेपाल) रौतहटले उपलव्ध गराएको हो ।
वातावरण संरक्षण गर्दै बिपन्न परिवारलाई सहज पुर्याउने उद्देश्य (ईपीसी नेपाल) रौतहटले देशका विभिन्न जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरेको छ । झापालगायतका जिल्लामा सुधारिएको चुल्हो बितरण सुरु गरेको हो । वातावरण प्रदुषण नियन्त्रण गर्दै एलपी ग्यासबाट बिदेशीने रकमलाई रोक्न सुधारिएको चुल्हो वितरण गरेको हो । पहिलो चरणमा बिपन्न वा मजदुर समुदायलाई सुधारिएको चुल्हो बितरण गर्न शुरु गरेको वातावरण संरक्षण केन्द्र (ईपीसी नेपाल) झापा संयोजक अमर मेचेले जानकारी दिए । सिंगापुरको (भीएण्डभ एडभाइजर नामक दातृ निकायले (ईपीसी) नेपाललाई चुल्हो सहयोग गरेको हो । नेपालका ८ वटा जिल्लामा सुधारिएको चुल्हो वितरण गरिरहेको छ ।
बिपन्न तथा मजदुर समुदायको बसोबास रहेको जिल्ला उदयपुर धनुषा, सिरहा, सप्तरी, झापा लगायतका जिल्लामा यो अभियान चलिरहेको संयोजक मेचेले बताए । ५ वर्षको ग्यारेन्टी रहेको चुल्होको पंखा र एडप्टर बिग्रिए तथा चुल्हो जीर्ण भए परिवर्तन गरिदिन्छौ, मेचीनगर–७ मा आयोजित सुधारिएको चुल्हो वितरणमा संयोजक अमर मेचेले भने, हामीले चुल्होसँगै दिएको कुनैपनि सामान नफाल्नु, नच्ल्ने भए पुरानो लिएर नयाँ दिन्छौ, चुल्हो नै जीर्ण भयो भने पनि भाडाटुटालाई नदिनु हामी नयाँ दिन्छौ ।,
संयोजक मेचेका अनुसार सुधारिएको चुल्होमा दाउरा र बिजुलीको प्रयोग दुबै माध्यमबाट खाना पकाउन सकिनेछ । एलपी ग्यासको मूल्यवृद्धि नजिकिएको चाडपर्वको समयमा सुधारिएको चुल्हो पाएपछि स्थानीय मजदुर र किसान वर्ग औंधी खुसी भएका छन् ।
मेचीनगरमा २५ हजारबढी वितरण गर्ने :
झापाको मेची नगरपालीकामा बिपन्न र मजदुर वर्गको बाहुल्य रहेको छ । त्यसमा पनि आदिवासी, किसान, सुकुम्बासी, सन्थालको बसोबास स्थल भएकाले उनीहरुलाई लक्षित गरेर बढी प्राथमिकतामा राखेको संयोजक मेचेको भनाई छ । मेचीनगरमा २५ हजार सुधारिएको चुला वितरण गर्ने लक्ष्य लिएको हो ।
चुल्हो वितरण कार्यक्रम अनुसार नगरपालिका–७ वडा कार्यालयले वडावासीलाई सुधारिएको चुलो मंगलबार वितरण गरेको छ । मेचेका अनुसार मेचीनगरमा हालसम्म मेचीनगरका विभिन्न वडामा ५ हजार ४ सयवटा चुल्हो वितरण गरिसकिएको छ । यसअघि मेचीनगरको वडा नम्बर १, २, ४, ५, ८, ९ र १५ मा चुल्हो वितरण गरिसकेको उनको भनाई छ ।
पहिलो चरणको कार्यक्रम सकिएपछि मध्यम वर्गलाई लक्षित गरेर बिधुतीय इन्डक्सन चुल्हो बितरण गर्ने समेत उनले जानकारी दिए । बाँकी रहेका वडाहरूमा क्रमिक रूपमा वितरण गर्दै जाने उनले बताए । बाहिर खरिद गर्दा ५५ सय रूपैयाँ पर्ने चुल्हो संस्थाले प्रतिचुल्हो २ सय रूपैयाँ लिएर वितरण गरेको हो । उक्त रकम चुल्हो ढुवानी गर्दा लाग्ने खर्च मात्रै लिएको मेचेको भनाई छ ।
संस्थाले चुल्होमात्रै फ्रिमा दिन्छ । यहाँसम्म ढुवानी गर्नै पर्यो, त्यसैले प्रती परिवार २ सय रुपैयाँ लिएको उनको भनाई थियो । मेचीनगरसँगै बुद्वशान्ति गाउँपालिका–४ र ५ नम्बर वडा सुकुम्बासी बस्ती तथा इलाम जिल्लाका केही क्षेत्रमा पनि चुल्हो चाँडै बाढ्ने योजना रहेको मेचेको भनाई छ ।
Discussion about this post