झापा । देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काभ्रेका ३९ वर्षीय चौलागाईँलाई पक्राउ गरेको हो ।
चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ ।
निक्षेपकर्ताको रकम ठगी गरेको बचकर्ताको उजुरीको आधारमा चौलागाईलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । ३३ जना बचतकर्ताले चौलागाईंविरूद्ध उजुरी दिएका थिए ।
Discussion about this post