झापा । गौरादह नगरपालिका वडानम्बर २ का ५९ वर्षीय डम्बर विश्वकर्माले दुई विगाह जमिन लिजमा लिएर लाहा खेती सुरु गरेका छन् । सरकारी कार्यालय तथा फर्निचर उद्योगहरुमा लाहाको माग बढेपछि उनले जमिन भाडामै लिएर लाहा खेती सुरु गरेका हुन् ।
भारतको उडिसा र झारखण्डबाट लाहा उत्पादन गर्ने किरा ल्याएर दुई विगाह जमिनमा सेमियालता जातको विरुवामा लाहाको विउ उत्पादन गरिरहेको विकले बताए । उनले स्थानीयवासीको दुई विगाह जमिन १३ बर्षको लागि प्रतिबर्ष रु ८० हजार भाडा तिर्ने सर्तमा लिजमा लिएका हुन् ।
नेपालमा ‘लाहाको विउको संरक्षण र उत्पादनमा लागेको छु’, उनले भने, ‘यहाँका सामुदायिक वन र स्थानीय किसानले चासो राख्नु भएको छ । राम्रो विउ उत्पादन भयो भने झापा जिल्लाका बिभिन्न पालिकामा लाहाको खेती विस्तार हुन्छ ।’ भारतको पश्चिम बंगालमा सात वर्ष लाहा कारखानामा काम गरेर राम्रोसँग अनुभव बटुल्नुका साथै नेपालमा लाहा खेतीबाट राम्रै कमाइ हुने बुझेका विकले पाँच वर्ष अघि रु. २० लाखको निजी लगानीमा निर्मल चप्रा उद्योग समेत स्थापन गरेका छन् । विकले हाल दैनिक ३० केजी प्रशोधित लाहा (चप्रा) उत्पादन गरिरहेका छन् । बजारमा माग धेरै छ ।’ विकले भने ,‘ फर्निचरका सामाग्रीहरुमा प्रयोगहुँने चप्रा लाहाबाटै बन्ने भएकोले यसको नेपालमा माग उच्च छ ।
सरकारी कार्यालयमा शिलबन्दी कार्यमा समेत लाहाकै प्रयोग हुन्छ । बजारको माग अनुसार उत्पादन गर्न सकेको छुइन ।’ विकका अनुसार रुखहरुमा किराबाट उत्पादन हुने कच्चा लाहा संकलन गरी चप्रा बनाउनु पर्ने हुँदा झापामा लाहा खेतीका लागि किसान र सामुदायिक बनहरुलाई प्रोत्साहित गर्न स्थाानीय सरकार समेत लाग्नुपर्ने आवश्यक छ । अहिले धनकुटा, भोजपुर र तेह्रथुमबाट विकले लाहा खरिद गरेर ल्याउने गरेका छन् । भारतको पश्चिम बंगालको उद्योगमा काम गर्दा नेपालतिर चप्रा विक्री हुन थालेको देखेपछि स्वदेशमै उद्योगको सम्भावना देखेर आफुले उद्योग खोलेको विक बताए । तर उद्योगलाई चाहिने कच्चा पदार्थ अझै पनि ७० प्रतिशत भारतबाटै ल्याउनु परेको उनको भनाइ छ । । लाखा खेतीको लागि कुसुम , खयर, सिरिस, बयर, मियालता, जातका विरुवा उपयुक्त हुने उनले बताए । पछिल्लो समय विक स्थानीय किसानहरुलाई लाहा खेत गर्न प्रोत्साहित गर्द आएका छन् । लाहा खेतीको लागि सबैभन्दा उत्तम विरुवा कुसुम भएको उनले बताए । अरु विरुवामा भन्दा बढी उत्पादन कुसुममा हुन्छ उनले भने, “अन्य जातको प्रति रुखबाट १० केजी मात्र लाहा उत्पादन हुन्छ भने कुसुममा ६०देखि १०० केजी उत्पादन गर्न सकिन्छ । तर विरुवा पाउनै कठिन हुन्छ ।” सुरुमा रुखको हाँगामा बीउ लाहा राखेपछि किराहरुको कारण त्यो आफैं फस्टाएर बढ्ने गर्छ ।
बैशाखमा लगाएको लाहा कार्तिक महिनामा संकलनयोग्य हुने विकको भनाई छ । एकपटक रुखमा लगाएको लाहा खेतीबाट बर्षौसम्म आम्दानी लिन सकिने उनले बताए । बजारको अभाव छैन । नेपाको सिंगो बजार खाली छ । आफूले उत्पादन गरेको चप्रा झापा, सुनसरी र मोरङसम्मका फर्चिनर उद्योगहरुले हरुमा विक्रि हुने गरेको उनले बताए । झापा जिल्लामा मात्र मासिक पाँच हजार केजी चप्रा माग हुने गरेको उनको भनाइ छ । विकले तयारी लाहाको चप्रा प्रतिकेजी रु सात सयदेखि रु एक हजारसम्ममा विक्री गर्दे आएका छन् ।नेपालमा आवश्यक हरेक वस्तु अझै पनि भारकै भर पर्नु परेको अवस्था छ, विकले भने,‘ । सरकारले व्यसायिक रुपमा लाहा खेती गर्ने किसानलाई प्रोत्साहित गर्नु आवश्यक छ ।’ स्वदेशमै गुणस्तरीय चप्रा उत्पादन गर्न सके वर्षेनी करोडौं रुपैयाँ विदेश जाने क्रम रोकिने उनको भनाइ छ ।
Discussion about this post