Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

कास्यप अधिकारी बंश प्रतिस्ठान सुनसरी जिल्ला समितिको पाँचौ बार्सिक साधारणसभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
बराहक्षेत्रको चतराधाममा सम्पन्न भएको साधारणसभामा केन्द्रिय अध्यक्ष नरेन्द्र अधिकारीको प्रमुख आतिथ्यमा रहेको थियो ।
सभामा केन्द्रिय महा-सचिव चिरञ्जीवी अधिकारी,केन्द्रिय उपाध्यक्ष शान्ति बहादुर अधिकारी,उपाध्यक्ष भिम अधिकारी,कुल पुजा प्रतिस्थानका केन्द्रिय अध्यक्ष दिल बहादुर अधिकारी,सुनसरी जिल्लाका मुख्य न्यायधिस माननीय अर्जुन अधिकारी,संस्थापक अध्यक्ष खेमराज अधिकारी,झापा जिल्ला अध्यक्ष मोहन अधिकारी बोलेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष खेमराज अधिकारी,माननीय मुख्य न्यायाधीश अर्जुन अधिकारी,डि एल ए का केन्द्रिय अध्यक्ष योगेन्द्र अधिकारी,सरकारी वकिल कार्यलय सुनसरी प्रमुख एकराज अधिकारी,वरिष्ठ वकिल मोहन अधिकारी,जेष्ठ नागरिक कुलमाया अधिकारी,प्रेम बहादुर अधिकारी लगायतलाई टोपी माला खादा लगाएर सम्मान गरिएको थियो ।
सुनसरी जिल्ला अध्यक्ष बिप्लब अधिकारीले २ बर्षभरी गरेका गतिविधि सहितको प्रतिबेदन पेस गरेका थिए। साधारणसभाले २ बर्षका लागि नया कार्यसमिति समेत चयन गर्नेछ ।
Discussion about this post