झापा । धुलाबारीमा असोज २६ गतेदेखि २१ दिने धुलाबारी महोत्सव हुने भएको छ । कृषि, व्यापारसहित र अन्तरिक पर्यटन प्रवद्र्धन गर्न धुलाबारी महोत्सवको तयारी व्यापार, कला संस्कृति र अन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धुलाबारीमा ‘धुलाबारी महोत्सव २०८०’को तयारी गरेको हो ।
धुलाबारीस्थित मेची चेम्बर अफ कमर्सले २१ दिने महोत्सव लगाउने तयारी गरेको आइतबार आयोजित पत्रकार जानकारी दिइएको छ । असोज २६ गतेदेखि कात्तिक २१ दिनसम्म संचालन गरिने महोत्सवमा पर्यटन प्रबद्र्धनको माध्यमबाट मेचीनगरको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको संस्थाका महासचिव प्रकाश खड्काले बताए ।
कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवमा फुड फेस्टिवल समेत हुनेछ । महोत्सवमा स्थानीय रोलिङ क्लवको विशेष सहयोग रहने बताइएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । त्यस्तै प्रत्येक दिन राष्ट्रिय स्तरका कलाकारको विशेष सांगीतिक प्रस्तुति रहने कमर्सकी अध्यक्ष रुक्मीणा पोख्रेलले जानकारी दिइन् । महासचिव खड्काका अनुसार महोत्सव अवधिभर पाँचवटा स्टलहरु विभिन्न संघ–संस्थालाई निःशुल्क उपलब्ध गराइने छ । महासचिव खड्काका अनुसार महोत्सव अवधिभर पाँच वटा स्टलहरु विभिन्न संघ–संस्थालाई निःशुल्क उपलब्ध गराइने छ । संस्थाले यसअघि धुलाबारीमा महोत्सवको सम्पन्न गरेको थियो । उक्त महोत्सव प्रभावकारी नभएको र त्यसको साखलाई फर्काउन महोत्सवले टेवा पु¥याउने आशा गरिएको खड्काको भनाइ छ । महोत्सवमा १० वर्षमुनिका विद्यार्थीलाई प्रवेश निःशुल्क गरिएको छ । ज्येष्ठ नागरिकलाई भने ५० प्रतिशत छुट गरिएको खड्काले बताए । महोत्सव अन्तर्गत साँझमा हुने कलाकारको प्रस्तुति हेर्न एक सय रुपैयाँ टिकट राखिएको छ ।
Discussion about this post