झापा,
राष्ट्रिय भूमि आयोगबाट झापाको हल्दिबारी गाउँपालिकामा खटिएका ३ जना कर्मचारीहरू भष्ट्राचार गरिरहेको अबस्थामा रंगेहात फेला पारेपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीहरुले कानुनी दायरामा ल्याउन आज जिल्ला प्रशासन कार्यालय झापामा बुझाएका छन् ।
हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सय रुपैयाँको बील काटेर ८० हजार लिएपछि घटना सार्बजनिक भएको हो। पीडित गणेशप्रसाद पौडेलले जुम्ला जिल्लाको सिजा गा .पा का २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोशी गा पा ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गा .पा ८ का २३ वर्षीय कमल खनाल विरूद्ध आज जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गरेका छन्।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन भने ‘ स्थानीयबाट गुनासो आएपनि प्रयाप्त प्रमाण थिएन, हिजो राति गणेशप्रसाद पौडेल बाट ८० हजार लिएर ३९ हजार ६ सय को मात्रै बिल काटेको सूचना आएपछि घटना बाहिर आएको हो।’ उनले भने” भष्ट्राचार सानो ठुलो हुदैन, अपराध गर्नेले कानुनी कारवाही भोग्नैपर्छ।
यसैगरी १ नं वडाका वडा अध्यक्ष देवी बहादुर थापाले भष्ट्राचारीले कुनैपनि हालतमा उन्मुक्ति पाउन नहुने भन्दै कारवाहीको माग गरेका छन्।
यसैगरी कार्यपालिका सदस्य शान्ता शिवाकोटीले भनिन ‘रातको १२ बजे अभियुक्तको कोठाबाट नगद सहित पक्राउ परेका उनीहरुलाई कसैले दवाबमा छुटकारा दिएर भष्ट्राचार गर्न प्रोत्साहन गर्न मिल्दैन ।’
Discussion about this post