काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टले तीन दशकदेखि लोकतन्त्र र गणतन्त्रको नाममा देशलाई बन्धक बनाएर राखेको आरोप लगाएका छन्् ।
सोमबार राप्रपा जिल्ला कार्यसमिति ललितपुरको अगुवाकार्यकर्त भेला कार्यक्रममा उनले तीन दशकबात व्यवस्थाका नाममा कांग्रेस र कम्युनिष्टका पनि सिमित नेताले देशलाई बन्धक बनाएको बताएका हुन् ।
उनले भने,‘२०४६ सालपछि नै प्रारम्भमा लोकतन्त्र र अहिले गणतन्त्र जस्ता विभिन्न्न व्यवस्थाका नाममा कांग्रेस कम्युनिष्हरुले देशलाई बन्धक बनाएर राखेका छन् । केहीसिमित राजनीतिक दल र त्यसको पनिसिमित नेताहरुको सिण्डिकेटको सिकार देश भएको छ ।’
उनले देशको नेतृत्व गरेको पार्टीका मान्छेहरुले नै भेप र स्याउको कार्टुनमुनि सुन लुकाएर ल्याई तस्करी गर्ने गरेको टिप्पणी गर्दै देशलाई बर्बाद गर्न कांग्रेस कम्युनिष्ट भन्ने ठूला दलहरु एकै ठाउँमा रहेको आरोप लगाए ।
‘चुनाव र सक्ता लिने बेलामा ठूला दलहरु एक अर्काको विरोधि प्रतिपक्षी जस्तो देखिन्छन र कहिलेकँही मारामार जस्तो पनि गर्छन । उनीहरुको अलगअफिस,साइनबोर्ड र अलग झण्डा छ । तर, अन्र्तयमा देशलाई यो ढंगको बर्बाद गर्ने काममा यी सबै दलहरु एकै ठाउँमा छन्,’उनले भने ।
कार्यक्रममा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको परिवर्तनको लागि राजा आवश्यक रहेका बताए ।
उनले जातिवादी कुरा नगरेको स्पष्ट पार्दै उनले हालसालै भक्तपुरमा राजाको भ्रमणमा जनताले दिएको समर्थन जस्तै काठमाडौं,ललितपुर भक्तपुर तीनै जिल्लाका नेवारहरुले राप्रपाको पक्षमाआए परिवर्तन सम्भव रहेको जिकिर गरे ।
उनले भने ‘नेपालमा भएको महत्वपूर्ण परिवर्तनमा काठमाडौं उपत्यका नजागिक नभएको छैन ्। त्यसमा पनि काठमाडौं उपत्यकाका नेवाहरु हरेक परिवर्तनका संवाहक बनेका छन् । उनीहरु उत्रिएका छन् र त्यसपछि मात्रै नेपालको परवर्तन सम्भव भएको छ । भक्तपुरको नेवाहरु उत्रिएको परिपे्रक्षमा पाटनका नेवाहरुले त्यसैगरी राजालाई बोलाउनुपर्यो । तीन ठाउँको नेवा राजाको पक्षमा उत्रिए भने देशको प्रणाली परिवर्तन भयो भन्ने जाने हुन्छ ।’
Discussion about this post