काठमाडाैं । ‘अपरेशन सिन्दूर’पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गरेका छन्। भारत र पाकिस्तानबीचको तनावका बीच प्रधानमन्त्री मोदीले ट्वीटमार्फत विचार व्यक्त गरेका हुन् ।
उनले क्रमशः तीन वटा ट्विट गरेका छन्। एउटामा उनले नयाँ पोपलाई बधाई दिएका छन् भने दोस्रोमा उनले महाराणा प्रतापको जन्मजयन्तीमा ट्वीट गरेका छन् र तेस्रोमा उनले रवीन्द्रनाथ टैगोरको जन्मजयन्तीमा ट्वीट गरेका छन्।
नयाँ पोपलाई बधाई दिँदै मोदीले लेखेका छन्, ‘भारतका जनताको तर्फबाट, म परम पावन पोप लियो चौधौंलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु। क्याथोलिक चर्चको उनको नेतृत्व शान्ति, सद्भाव, एकता र सेवाको आदर्शलाई अगाडि बढाउने महत्वपूर्ण क्षणमा आएको छ। हाम्रा साझा मूल्यमान्यताहरूलाई अगाडि बढाउन भारत होली सीसँग निरन्तर संवाद र संलग्नताका लागि प्रतिबद्ध छ।’
आफ्नो दोस्रो ट्वीटमा, मोदीले लेखे देशका अमर योद्धा महाराणा प्रतापकाे जन्मजयन्तीमा नमन व्यक्त गरेका छन् । ‘मातृभूमिको आत्मसम्मानको रक्षा गर्न उहाँले देखाउनुभएको साहस र बहादुरी आज पनि हाम्रा नायक र नायिकाहरूका लागि मार्गदर्शक ज्योति बनेको छ। भारत माताप्रति समर्पित उनको वीर जीवनले देशवासीहरूलाई सधैं प्रेरणा दिनेछ’, माेदीले भनेका छन् ।
यसपछि, उनले आफ्नो तेस्रो ट्वीटमा रवीन्द्रनाथ टैगोरलाई उनको जन्मजयन्तीमा श्रद्धाञ्जली दिएका छन् । ‘भारतको साहित्यिक र सांस्कृतिक आत्मालाई आकार दिनुभएकोमा उहाँलाई सम्झिन्छन्। उनका कृतिहरूले मानवतावादलाई जोड दिए र मानिसहरूमा राष्ट्रवादको भावना पनि जगाए। शान्तिनिकेतनको विकासमा पनि शिक्षा र सिकाइप्रति उनको प्रयास देख्न सकिन्छ। उनका कामहरू धेरै प्रेरणादायी छन्’, उनले भनेका छन् ।
तर, माेदीले भारत-पाक तनावकाे बारेमा भने केही पनि खुलाएका छैनन् । धेरैले माेदीले पछिल्लाे तनावबारे बाेल्ने अपेक्षा गरेका थिए ।
पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेको १५ दिनपछि भारतले बुधबारदेखि पाकिस्तानमाथि आक्रमण सुरू गरेकाे थियाे । भारतकाे आक्रमणपछि पाकिस्तानले पनि जवाफ दिन थालेकाे छ । एजेन्सीबाट
प्रतिक्रिया