पाल्पाको सिद्धबाबा सडकखण्डमा पहिरोले श्रीमानको ज्यान लियो श्रीमती घाइते

मंगलबार, २४ असार २०८२

पाल्पा : पाल्पाको सिद्धबाबा मन्दिर नजिकै मङ्गलबार साँझ सडक माथिबाट खसेको पहिरोमा परी एक पुरुषको ज्यान गएको छ भने एक महिला घाइते भएकी छन्।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मृतक ३६ वर्षीय जनक भण्डारी पाल्पा रामपुर–६ का निवासी हुन्। उनी सवार लु ५१ प ६६३३ नम्बरको मोटरसाइकल तिनाउ–३ हेडबक्स नजिकै पहिरोमा परेको हो।

मोटरसाइकलमा जनकसँगै सवार उनकी पत्नी कल्पना चापागाईं घाइते भएकी छन्। घाइते अवस्थामै दुवैलाई उद्धार गरेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले जनकलाई मृत घोषणा गरेका हुन्। पहिरो लागेर सडकबाट तल खसेका जनक गम्भीर घाइते भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार