काठमाडौं : नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँचथरकी शान्ता बाँस्कोटालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी समिति सदस्यमा दुई वर्षका लागि मनोनयन गरेको छ।
मन्त्रालयको मिति २०८२ असार २० गतेको निर्णयअनुसार बाँस्कोटालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ को दफा ८(१)(ग) अनुसार नियुक्त गरिएको हो।
यस नियुक्तिसँगै बाँस्कोटाले आगामी दुई वर्ष चिया तथा कफी क्षेत्रको विकास, नीति निर्माण र कार्यान्वयनमा सक्रिय भूमिका खेल्नेछिन्।
प्रतिक्रिया