सुनसरीमा प्रेसर कुकर पड्किँदा २३ वर्षीया महिला घाइते

आइतबार, २२ भदौ २०८२

इटहरी । सुनसरीको ईनरुवा नगरपालिका–६ घोपाली टोलमा शनिबार बिहान प्रेसर कुकर पड्किँदा २३ वर्षीया महिला घाइते भएकी छन्। 

रामहरि पोखरेलकी पत्नी बिष्णु माया दाहाल खाना पकाउने क्रममा करिब ८ः१५ बजे प्रेशर कुकर पड्किँदा उनको अनुहार र दाहिने हातमा चोट लागेको हो।

घाइते दाहाललाई तत्काल जिल्ला अस्पताल ईनरुवामा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। 

चिकित्सकका अनुसार उनको अवस्था मध्यम रहेको छ र उनी बोल्न सक्ने अवस्थामा छन्।

घटनाबारे सूचना प्राप्त लगत्तै प्रहरी चौकी सखुवागाछीबाट प्रसनि दयाराम खतिवडाको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनास्थल प्रहरी चौकीबाट करिब ३ किलोमिटर पूर्वतर्फ पर्छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार