काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ७०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो ।
त्यस्तै आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँले कारोबार भएको छ ।
प्रतिक्रिया