रामकुमारी झाँक्रीलाई स्पष्टीकरण दिने समय ७ दिन थप

मंगलबार, २४ असार २०८२
File Photo

काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित आत्मआलोचना गरी स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ । 

मंगलबार बसेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्तिहरु आपतिजनक रहेको भन्दै आत्मआलोचना गर्न ७ दिनको समय दिइएको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।

‘रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्ति अलि आपतिजनक छन् । पार्टी हित विपरीत छन् भन्ने निष्कर्षका आधारमा वहाँलाई अवदेखि यस्ता पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङत्तीलाई भ्रम पार्नेखालको अभिव्यक्तिहरु नदिने प्रतिवद्धता सहित ७ दिन भित्र पार्टीमा लिखित आत्मालोचना गर्ने गरी निर्देशत गर्ने निर्णय गरिएको छ,’ उनले भने । 

आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार