आन्दोलनमा आगजनी र तोडफोडले अशान्त इटहरी (फोटो फिचर)

सोमबार, २३ भदौ २०८२

इटहरी : देशभर फैलिएको जेनजीको आन्दोलन आइतबार सुनसरीको इटहरीमा पनि उग्र रुप लिएको छ । प्रर्दशनकारीहरुले इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी तोडफोड तथा आगजनी गरेका छन् ।

आन्दोलनकारीले मेयर हेमकर्ण पौडेलको कार्यकक्षसहित कार्यालयका अन्य कोठामा आगो लगाएका छन् । उपमहानगरपालिका परिसरका निजी संरचना र सम्पत्तिमा समेत तोडफोड भएको छ । 

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको भए पनि अवस्था तनावग्रस्त बनेको छ । प्रशासनले इटहरी क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । 

itahari aago  (2)itahari aago  (5)itahari aago  (7)itahari aago  (13)itahari aago  (16)itahari aago  (19)itahari aago  (20)itahari aago  (23)


 

प्रतिक्रिया

खेमराज सापकोटा
लेखकको बारेमा
खेमराज सापकोटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार