बीमा प्राधिकरणको नयाँ नीति सार्वजनिक, विद्यार्थीलाई एक लाखको दुर्घटना बीमा सुविधा

मंगलबार, २४ असार २०८२

काठमाडौं : नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि बीमा क्षेत्र सुधार, विस्तार र सुदृढीकरणमा केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका योजनाहरूले बीमा क्षेत्रलाई पारदर्शी, सर्वसुलभ र गुणस्तरीय बनाउन लक्ष्य लिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बीमितको हकहित संरक्षण, बीमा सचेतना अभिवृद्धि, विवाद समाधान प्रक्रिया प्रभावकारी बनाउने, अनुसन्धानमा आधारित नीति निर्माण, प्रविधिमैत्री सेवा प्रवाह तथा जोखिममा आधारित निरीक्षण प्रणालीको प्रयोगलाई प्राथमिकता दिइनेछ।

विशेषगरी आगामी वर्षदेखि बीमा सूचना केन्द्र स्थापनासहित बीमा क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सशक्त व्यवस्था गरिने जनाइएको छ। यस्तै, अन्तर्राष्ट्रिय अभ्यास अनुरूप नियामकीय क्षमता सुदृढ गर्दै बीमकहरूको प्रभावकारी नियमन र अनुगमन प्रणाली लागू गरिनेछ।

प्राधिकरणले सबै प्रदेशका विद्यार्थीहरूलाई लक्षित गर्दै एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा सुरु गर्ने घोषणा समेत गरेको छ। यो योजना आन्तरिक स्रोत र स्थानीय तहको सहकार्यमा कार्यान्वयन गरिनेछ।

प्राधिकरणले सार्वजनिक गरेको नीति बीमा पहुँच विस्तार, सेवा गुणस्तर सुधार र बीमित हित संरक्षणमा ऐतिहासिक बन्ने दाबी गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार