इटहरी : सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका थिए । तीमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न नसके पनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ । घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।
गोली लागेर घाइते भएकामध्ये एकजनाको उपचार जारी छ । घाइते सशस्त्र प्रहरी बलका सहायक हवल्दार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उनको गालामा चोट लागेको र गोली नै लागेको आशंका गरिएको छ ।
यसैबीच झापाको दमकमा पनि गोली लागेर घाइते भएका एकजनाको बीपी प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया