काठमाडौं: मंगलबार बिहान रसुवागढीमा आएको बाढीले बगाएमध्ये नौ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका एक असईसहित नौ जनाको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार अझै १९ जना सम्पर्कविहिन छन्। ५७ जनाको उद्धार भएको छ । उद्धारका लागि ३८३ प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पानी नपरेको अवस्थामा एक्कासी बाढी आउँदा ठूलो क्षति भएको हो । चीनको तिब्बत क्षेत्रमा पनि ठूलो पानी परेको छैन । जसकारण हिमताल फुटेर सो बाढी आएको आकलन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अवलोकन भएको छ । मंगलबार बेलुका बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले उद्धार र राहतलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया