विदेशीको इशारामा चल्नेले मसँग नजर जुधाउन सकेन : हर्क साम्पाङ

बुधबार, ०१ असोज २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच सामाजिक सञ्जालमार्फत रोचक घोचपेच सुरु भएको छ ।

पछिल्ला दिनमा हर्कले फेसबुकमार्फत बालेनलाई लक्षित गर्दै अनेक टिप्पणी गर्दै आएका थिए । मंगलबार भने बालेनले पहिलोपटक जवाफ दिँदै, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । यु आर माई ट्रु लभ,’ भनेर स्टाटस लेखे ।

त्यसको हर्क लगातार बालेनमाथि खनिरहेका छन् । उनले बुधबार बिहानै गम्भीर आरोप लगाउँदै विदेशी इशारामा चल्नेले आफूसँग नजर जुधाउन नसकेको तर्क गरेका छन् । उनले लेखेका छन्, ‘लुकेर फेस्बुकमा स्टेटस लेख्दै अरुलाई उचाल्ने ! आगो लागे पछि निभाउन नजान्ने, नसक्ने, नचाहने, विदेशी इशारालाई आफ्नो मार्ग दर्शन ठान्ने, आफ्नै मौलिक भिजन नभएको, प्रभुशक्तिको आडमा आफुलाई शक्तिशाली ठान्नेहरुले म सङ्ग नजर जुधाउन सक्दैनन् ! म यही माटोमा उमृएको मान्छे हुँ ! imported or injected होइन !’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार