जनकपुर : जनकपुरधाममा जारी नेकपा एमालेको धनुषाको जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ ।
निर्वाचन हुने भनिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिषरमा अहिले पनि दुबै पक्षबीच झडप भएको हो ।
ढुङा हानाहानका साथै कुर्सी, पंडाल, रुखका हाँगालगायत प्राङ्गणमा भएका वस्तुहरुमा तोडफोड र हानाहान भएको हो । झडपमा केही स्थानीय नेता कार्यकर्ता घाइते समेत भएका छन् ।
अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान सुरु भएको थियो ।
गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो ।
सोमबार राति नै मनोनयन दर्ता भएकोमा उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको थियो ।
प्रतिक्रिया