च्याउ खेतीमा प्रविधिको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त छैन् : मन्त्री परियार

मंगलबार, १५ पुस २०८२

काठमाडौं । नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको कृषि तथा पसुपंछी विकासमन्त्री डा.मदन परियारले बताएका छन् ।

मंगलबार काठमाडौंमा प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री परियारले नेपालमा उपभोक्ताहरुमा च्याउको महत्वको ज्ञान वृद्धिसँगै माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताए । साथै मन्त्री परियारले नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातीको अध्ययन अनुसन्धान गरी खेती प्रविधिहरुको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त हुन नसकेको धारणा समेत राखे ।


च्याउ गुणस्तर नियमन तथा विऊ उत्पादन परिक्षण लगायतका कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण यसै वर्ष सम्पन्न हुने मन्त्री परियारले कार्यक्रममा जानकारी गराए ।

 

मन्त्री परियारले न्यून आय स्रोत भएका कृषकहरुलाई च्याउ खेती जीविकोपार्जनको लागि राम्रो खेती हुनसक्ने धारणा समेत राखेका थिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार