पाकिस्तानद्वारा जम्मु एअरपोर्टमा ड्रोन हमला, भारतीय सेना जवाफी कारबाहीमा

शुक्रबार, २६ बैशाख २०८२

काश्मीर : भारत प्रशासित जम्मुको एयरपोर्टमा विस्फोट भएको खबर छ ।

बिबिसी हिन्दीका अनुसार जम्मु सहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उल्लेख गरेको छ कि जम्मू एयरपोर्ट नजिकै १६ वस्तु खसेको देखिएको छ ।

प्रत्यक्षदर्शीहरूले बिबिसी हिन्दीलाई भने कि बजारहरू बन्द  भएका छन् र विस्फोट पछि मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र सहरभर बिजुली बन्द गरिएको छ । खासमा त्यहाँ ब्ल्याक आउट थियो र उनीहरूले साइरन सुन्न मात्रै पाएका छन्।

जम्मुका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र पूरै सहरमा बिजुली अवरुद्ध भएको छ। जम्मुमा रक्षा प्रणाली सक्रिय भएको भारतीय सेना स्रोतले जनाएको छ । एयर साइरनको आवाज सहर भर सुन्न सकिन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार