हमासले बन्धक बनाएका विपिन जोशी जीवित नरहेको आशंका

शुक्रबार, २६ बैशाख २०८२

काठमाडौं । इजरायलमा आक्रमण गरेपछि कट्टरपन्थी समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको आशंका गरिएको छ ।

 इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अर्का इजरायली अधिकारीले समेत विपिन जीवितै रहेको संकेत नदेखिएको बताएका छन् ।

हमासले बन्धक बनाएका तर अहिलेसम्म नछाडेका बन्धकहरूमध्ये केही जीवितै रहेको र केहीको मृत्यु भइसकेको इजरायलले पहिले नै बताएको थियो । तर, त्यतिबेला इजरायलले विपिनलाई मृत घोषित गरेको थिएन । 

अहिले भने इजरायलले जीवितै रहेको विश्वास गरेका ३ जना जीवित नभएको बताएको टाइम्स अफ इजरायलले लेखेको छ ।

इजरायलले पहिले जीवितै रहेको विश्वास गरेको तर अहिले जीवित रहेको संकेत नदेखिएको बताएका बनधकहरूमा विपिन र अन्य २ जना छन् । 

विपिनसहित एक थाइल्याण्डका नागरिक र एक इजरायलीलाई जीवितै रहेको मानिएकोमा अहिले इजरायलले जीवित रहेको संकेत नदेखिएको बताएको हो ।

इजरायलमा अनुसार हमासले बन्धक बनाएका ५९ जनालाई अझै छोडेको छैन । तीमध्ये २४ जना जीवितै रहेको मानिएको थियो । 

तर अब इजरायलले विपिनसहित ३ जना जीवितै रहेको कुरामा ‘गम्भीर शंका’ रहेको बताएसँगै अब २१ जना मात्र जीवित रहेको हुनसक्ने विश्वास गरिएको छ ।

 ३५ जनालाई इजरायलले मृत घोषित गरिसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार