इटहरीका मेयरको अभिव्यक्तिप्रति पत्रकार महासंघ सुनसरी आक्रोशित, पाँच कार्यक्रम घोषणा

मंगलबार, २४ असार २०८२

इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जालमार्फत पत्रकारिता र पत्रकारहरूप्रति दिएको अपमानजनक अभिव्यक्तिको चार दिन बितिसक्दा पनि क्षमा याचना नगरेको भन्दै नेपाल पत्रकार महासंघ, सुनसरी शाखा आक्रोशित बनेको छ।

महासंघले विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै पदीय मर्यादाविपरीतको व्यवहार रहेको ठहर गरेको छ। महासंघका पूर्व अध्यक्षहरू, पेसागत संगठनका प्रतिनिधि र सल्लाहकारहरूको उपस्थितिमा बसेको बैठकले मेयरको भनाइ प्रेस स्वतन्त्रताविरुद्ध भएको निष्कर्ष निकाल्दै पाँच कार्यक्रम सार्वजनिक गरेको हो।

घोषणा गरिएका कार्यक्रम:
१. असार २५ गते बुधवार मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाइने।
२. असार २६ गते बिहीबार इटहरीमा सक्रिय तथा अग्रज पत्रकारहरूको भेला आयोजना गरिने।
३. सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक वर्ग र सरोकारवाला निकायसँग प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा छलफल गरिने।
४. सूचनाको हक प्रयोग गर्दै उपमहानगरपालिकाबाट सार्वजनिक सूचना माग गर्ने अभियान सञ्चालन गरिने।
५. मेयर पौडेलले प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका जिल्ला, प्रदेश तथा केन्द्रमा ध्यानाकर्षण पत्र बुझाई आधिकारिक धारणा माग गरिने।

May be an illustration of blueprint and text

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार