तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

सोमबार, २३ असार २०८२
सांकेतिक फाईल

भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका ३ का वडाध्यक्ष जनार्दन यादवलाई तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गरेका थिए । सोही क्रममा विपिनकुमार पाण्डेयमार्फत तीन लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार