मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिकालाई २० हजार दिने सहमति

अस्पतालबाट डिस्चार्ज, उपचार खर्च पनि मन्त्रीले बेहोर्ने

आइतबार, २२ भदौ २०८२

इटहरी(डेक्स) : कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी ११ वर्षीया बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा नेकपा ९एमाले० विधान महाधिवेशनमा सहभागी हुन गइरहेका मन्त्री राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको थियो । ठक्करपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै घटना विवादित बनेको थियो ।

बालिकाको स्वास्थ्य अवस्थाबारे समाचार सार्वजनिक भएपछि एमालेले सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गर्दै केही समय सडक अवरुद्धसमेत गरेका थिए ।

घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, मन्त्री राना र पीडित परिवारबीच छलफल भएको थियो । छलफलमा मन्त्री रानाले लिखित माफी माग्दै बालिकाको सम्पूर्ण उपचार खर्च बेहोर्ने र थप २० हजार रुपैयाँ दिने सहमति भएको सहभागीहरूले जनाएका छन् ।

तर मन्त्रीको गाडिले ठक्कर दिएर नरोकी हिडेको घटनाले मन्त्रीको चौतफी आलोचना भईरहेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार