शेखर कोइराला भन्छन्,'जेनजी पुस्ताको आवाज सुनी सरकार आफैं परिवर्तन हुनुपर्छ'

आइतबार, २२ भदौ २०८२

काठमाडौँ ; नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले जेनजी पुस्ताका युवाहरू सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रनु सरकार र नयाँ पुस्ताबीचको सोचाइको अन्तर भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेता कोइरालाले सरकारले जेनजी पुस्ताको आवाज सुन्ने र आफूलाई परिवर्तन गर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले भने, 'जेनजी पुस्ताले उठाएको आवाजलाई बेवास्ता गर्नु हुँदैन, बरु त्यसलाई आत्मसात् गरेर सरकार आफैंमा सुधार ल्याउनुपर्छ ।'

जेनजी पुस्ताका युवाहरूले सोमबार काठमाडौँको माइतीघरमा भ्रष्टाचारसहित सामाजिक सञ्जाल बन्दविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार